पाकिस्तानी प्रधानमन्त्रीले दिए भारतीय प्रधानमन्त्रीलाई बधाई

इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिँदै नयाँ कार्यकालको सफलताको लागि शुभकामना दिएका छन् ।
पाकिस्तानी प्रधानमन्त्री सरिफले सामाजिक सञ्जाल एक्समार्फत् विजयको लागि बधाई तथा नयाँ कार्यकाल सफलताको लागि शुभकामना दिएका हुन् ।
नरेन्द्र मोदी र उनको मन्त्रीमण्डलका सदस्यले आइतबार नै शपथ लिएका थिए ।
राष्ट्रपति भवनमा भएको शपथ ग्रहण समारोहमा भारतको छिमेकी र हिन्द महासागर क्षेत्रका नेताहरू उपस्थित भएका थिए ।
भारतीय प्रधानमन्त्री मोदीले पाकिस्तानको प्रधानमन्त्रीको रूपमा फेब्रुअरीमा दोस्रो पटक शपथ लिएपछि शाहबाज सरिफलाई बधाई दिएका थिए भने शाहबाजले बधाईका लागि प्रधानमन्त्री मोदीलाई धन्यवाद दिएका थिए ।
शाहबाज सरिफ पाकिस्तानको २४ औँ प्रधानमन्त्री हुन् । -(रासस/एएनआई)
Facebook Comments Box