१२ बैशाख २०८१, बुधबार

पाैने तिन केजी चरेससहित एकजना पक्राउ


कपिलवस्तु , असाेज १५ । जिल्लामा केही दिनदेखि लागू अाैषध तस्करहरुकाे सक्रियताले सुरक्षातन्त्रकाे टाउकाे दुखाई बनेकाे छ।
नेपालबाट भारत तर्फ जांदै गरेका प्रतिबन्धित चरेस ,अफिम लगायतका लागू अाैषध दैनिकरुपमा पक्राउ परेका केसहरु बढ्दै गएकै बेला सिमामा रहेका सशस्त्र प्रहरीहरुलाई छल्दै भारत पुगेकाे पाैने तीन केजि चरेससहित एक जना नेपाली पक्राउ परेका छन ।
नेपाल-भारत सिमामा प्रत्येक ५ सय मिटरकाे दुरिमा सशस्त्र प्रहरी बलकाे अस्थायी पाेष्टहरु रहेका छन । सशस्त्रकाे सुरक्षा घेरालाई चुनाैती दिई प्रवेश गरेका विजयनगर गाउंपालिका ४ ज्याेतिनगरका टिकाराम गिरि भारतिय सुरक्षाकर्मीहरुले समातेकाे स्थानिय संचारमाध्यममा खबर छ । भारतिय सुरक्षा निकायद्वारा अनुमानित ४ लाख भारु मूल्य ताेकिएकाे २ केजि ८५० ग्राम चरेस अवैधरुपले भारत लगेका गिरि माथि भारतिय प्रहरीले मु.अ.सं.: २६४/२०२० दफा ८/२२/२३ एनडीपीएस एक्ट अन्तर्गतकाे मुद्दा चलाइएकाे प्रहरी निरिक्षक तहसिलदार सिंहले लिखित प्रेस नाेट जारी गरेका छन ।
बिहान ५ बजेकाे समयमा कृष्णनगर नगरपालिका वडा ३ काे लक्ष्मिनगर हुँदै पारी भारतकाे कल्लनडिहवा गाउं पुगेका गिरिलाई भारतिय प्रहरीले पक्राउ गरि ढेबरुअा थाना लगेकाे थियाे।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट