सांसदले रातो किताब नपाएको भन्दै स्थगित संसद बैठक आज बस्दै
काठमाडौं : सरकारले रातो किताब समयमै उपलब्ध गराउन नसक्दा सांसदहरूले मन्त्रालयगत बजेट अध्ययन गर्न नपाएको भन्दै २ दिनका लागि स्थगित संसद् बैठक आज बस्दै छ।
बैठक बिहान ११ बजे बोलाइएको छ। आजको बैठकमा विनियोजन विधेयकका विभिन्न शीर्षकमाथि छलफल सुरु हुने छ। त्यसअन्तरगत आज चारवटा मन्त्रालयको बजेटमाथि छलफल हुने संसद् सचिवालयले जनाएको छ।
युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम रोजगार तथा सामाजिक सुरक्षा र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुने सम्भावित कार्यसूचीमा उल्लेख छ।
संसद्मा आइतबारदेखि नै विनियोजन विधेयकका मन्त्रालयगत शीर्षकमाथि छलफल हुने भनिए पनि सरकारले सांसदहरूलाई बजेट पुस्तिका उपलब्ध नगराएको भन्दै आइतबार र सोमबारका लागि तय गरिएको प्रतिनिधिसभाको बैठक स्थगित गरिएको थियो।
आजको कार्यसूची