कृष्णनगरमा थप साढे छ कराेडकाे सडक याेजनाले स्थानीय हर्षित

अंकुश श्रीवास्तव
कृष्णनगर , जेठ २६।
शहरी विकास तथा भवन निर्माण विभागकाे संघीय आयोजना कार्यक्रम इकाई सिद्धार्थनगर रूपन्देही द्वाराले कृष्णनगर नगरपालिकाका लागि झण्डै साढे छ कराेडकाे याेजनामा बजेट विनियोजन गरेपछि स्थानीयहरु हर्षित भएका हुन ।
कृष्णनगर – बहादुरगंज बजारभित्रकाे सडक नाली निर्माण अन्तिम चरणमा पुगिसकेपछि वरपरका र गाउंदेखि बजार सम्म जाेड्ने सहायक सडकहरुकाे स्तराेन्ति भई रहेकाे स्राेतले जनाएको छ ।
याेजनाहरु निम्न छन :-
१)कृष्णनगर नगरपालिका वडा २ मा आयसा गर्ल्स स्कूल देखि चयपुरवा सम्म सडक स्तरोन्नती रु १००००००० (एक करोड)
२) कृष्णनगर नगरपालिका वडा २ मा श्याम जोशी को घर देखि सेन्ट जोश स्कूल हुदै चन्द्रौटा कृष्णनगर रोड सम्म सडक स्तरोन्नती रु११५००००० (एक करोड पन्द्रह लाख )
३) कृष्णनगर वडा १ भन्सार देखि मदराहनिया हुदै चन्द्रौटा कृष्णनगर रोड सम्म सडक स्तरोन्नती रु ११५००००० (एक करोड पन्द्रह लाख )
४) कृष्णनगर नगरपालिका वडा २ बजार क्षेत्र देखि मुकुन्द को घर देखि नइमिया मस्जिद सम्म सडक स्तरोन्नती रु १५३००००० (एक करोड त्रिपन लाख )
५) कृष्णनगर नगरपालिका वार्ड न २ कृष्णनगर दुर्गा मन्दिर चोक – उधोग वाणिज्य सघं देखि मदरहनिय शिवानगर हुदै चन्द्रौटा लिकं रोड सम्म सडक स्तरोन्नती रु १५३००००० (एक करोड त्रिपन लाख )