६ वर्षपछि उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक

सेयर गर्नुहोस

काठमाडौं : शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले प्रतिवेदन बुझाएको ६ वर्षपछि उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०७५ सार्वजनिक गरेको छ। शिक्षा मन्त्री सुमना श्रेष्ठले आज उक्त प्रतिवेदन सार्वजनिक भएको जानकारी दिँदै यसलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरिन्।

मन्त्रिपरिषद्को २०७५ असार ३२ को निर्णयबाट तत्कालीन शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेलको अध्यक्षतामा २४ सदस्यीय उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग गठन भएको थियो।

उक्त आयोगले ५ महिना ७ दिन समय लगाएर विभिन्न ३१ वटा परिच्छेदमा प्रतिवेदनलाई संगठित गरी २०७५ माघ १ गते सरकारलाई बुझाएको थियो।

शिक्षामन्त्री श्रेष्ठले भनिन्, ‘आयोगका पदाधिकारीहरूसँग बिहिबार नै हामीले मन्त्रालयमा छलफल गरेर उहाँहरूको योगदानका लागि धन्यवाद व्यक्त गरेका थियौँ। सम्माननीय प्रधानमन्त्रीज्यूले गम्भीरतापूर्वक यो प्रतिवेदन खोजेर शिक्षा मन्त्रालयलाई प्रदान गर्नुभएको हो। उहाँकै नेतृत्वमा सरकारले प्रतिवेदनका सान्दर्भिक र सकारात्मक सिफारिसहरू कार्यान्वयनमा लैजानेछ।’

Facebook Comments Box