महिलाले जिम्मेवारी लिएको ठाउँमा पुरुषको तुलनामा भ्रष्टाचार कम छ : केपी ओली

चितवन : नेपाल कम्युनिष्ट पार्टी (एमालें)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको काममा महिलाको सहभागिता बढाउनुपर्नेमा जोड दिएका छन्।
एमाले चितवनको नवनिर्वाचित समितिको सपथग्रहण समारोहका अवसरमा आज उनले पार्टी कामलाई पनि महिलाहरूका बीचमा लैजान निर्देशन दिए। उनले भने, “महिलाहरूले जिम्मेवारी लिएको ठाउँमा पुरुषको तुलनामा भ्रष्टाचार कम भएको पाइएको छ।”
फरक प्रसंगमा उनले भगवान रामको जन्मभूमि माडीको अयोध्यापुरी नै भएको दावी गरे। माडीमा राम मन्दिर बन्ने बताउँदै उनले धार्मिक पर्यटक भित्र्याएर माडीलाई मडी बढाउन सकिने बताए।
माडी जाने निकुञ्जको बाटो कालोपत्रे हुनुपर्ने भन्दै उनले जङ्गलमा पनि कालोपत्रे गर्न मिल्ने बताए। एमालेले मिसन २०८४ भन्दै आएको चर्चा गर्दै अध्यक्ष ओलीले चितवनका सात वटै पालिका र सबै वडा जित्ने गरी काम गर्न कार्यकर्तालाई निर्देशन दिए।
Facebook Comments Box