९ असार २०८१, शनिबार

सर्वेक्षक गुप्ता रंगे हात पक्राउ

चन्द्राैटा(कपिलवस्तु), २५ जेठ । नापी कार्यालय चन्द्रौटा कपिलवस्तुका सर्वेक्षक बेचन प्रसाद गुप्ता पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे सम्पर्क कार्यालय बुटवलको टोलीले गुप्तालाई पक्राउ गरेकाे हाे ।

अख्तियारको टोलीले ३५ हजार घुससहित उनलाई रंगेहात नियन्त्रणमा लिएको हो । कित्ताकाटमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको अख्तियार कार्यालय बुटवलका प्रमुख राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

प्रमुख पाैडेलका अनुसार कार्यालय बाहिर नजिकको एक होटेलबाट सर्वेक्षक गुप्तालाई नियन्त्रणमा लिएको अन्य विवरण खुलाइसकेको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट