क्रियाशील पत्रकारकाे सदस्यता सुनिश्चित गर्न महासंघमा ताला

कपिलवस्तु ।
नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाकाे मुलगेटमा ताला बन्दी भएकाे छ । नयाँ सदस्यता बितरणमा अधिकांस सकृय पत्रकार छुटेकाे, शुद्दीकरण अभियानमा भएका त्रुटि सच्चाई क्रियाशिल पत्रकारलाई समावेस गर्नु पर्ने र केन्द्र प्रदेश र जिल्ला शाखाकाे निर्वाचनकाे सुनिश्चित गर्न तालाबन्दी गरिएकाे प्रेस चाैतारी कपिलवस्तुका कार्यबाहक अध्यक्ष बाबुराम रायमाझिले बताउनु भयाे ।
प्रेस चाैतारि, प्रेस सेन्टर, दलित पत्रकार समाज, आदिवासी जनजाति पत्रकार संघ, थारु पत्रकार संघ लगायतले।साझा धारणा राख्दै बिहिवार तालाबन्दी गरेका हुन । संयुक्त विज्ञप्ति जारी गरि पत्रकार महासंघ जिल्ला शाखा अध्यक्ष किरणमान बज्राचार्यलाई हस्तान्तरण गरि माग पूरा नहुँदा सम्म आन्दाेलन जारी हुने प्रेस सेन्टर कपिलवस्तु उपाध्यक्ष भुपाल थापाले बताउनु भयाे ।
नयाँ सदस्यता प्रदान गर्दा सकृयता पुर्वक पत्रकारिता गरिएका १ दर्जन बढी पत्रकारलाई विभेद गरीएकाेले कृयाशिल पत्रकारकाे सदस्यता सुनिश्चित हुनु पर्ने नयाँ सदस्यता संघर्ष समितिका संयाेजक सुशील गैरेले बताउनु भयाे । तालावन्दी कार्यक्रममा दलित पत्रकार संघ कपिलवस्तु जिल्ला अध्यक्ष शम्भु बि.क.ले सदस्यतामा गरिएकाे आदिवासि जनजाति, महिला, दलित, प्रति गरिएकाे बिभेद असहनिय रहेकाे बताउनु भयाे ।
महासंघकाे कार्यालयमा यश अगाडि प्रगतिशिल पत्रकार संघकाे नेतृत्वमा प्रेस युनियन, प्रेस मन्च, मधेसी पत्रकार समाजले सदस्यताकाे विषयलाई लिएर ताला बन्दी गरेका थिए ।