लोकसभा चुनावमा एनडीएले बहुमत पाएपछि चीनकाे बधाई

नयाँ दिल्ली । चीनले नरेन्द्र मोदी र भाजपा नेतृत्वको एनडीए गठबन्धनलाई लोकसभा चुनावमा बहुमत प्राप्त गरेकोमा बधाई दिएको छ।
चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले भनिन्, ‘निर्वाचनमा विजयी भएकोमा प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा र राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनलाई बधाई छ। हामी चीन र भारतबिचको स्वस्थ र स्थिर सम्बन्धको अपेक्षा गर्दछौँ।’
मंगलबार भएको मतगणनामा भाजपाले २४० सिट जितेको छ । एक्लै बहुमत ल्याउन नसके पनि सहयोगी दलको सहयोगमा पुनः एनडीए सरकार बनाउने हाे ।
भाजपाको सहयोगी तेलुगु देशम पार्टीले १६ सिट, जनता दल (युनाइटेड)ले १२ सिट र लोक जनशक्ति पार्टी (रामविलास)ले पाँच सिट जितेको छ । उता विपक्षी कांग्रेस पार्टीले ९९ सिट, समाजवादी पार्टीले ३७ सिट र टीएमसीले २९ सिट जितेको छ
Facebook Comments Box