अष्ट्रेलियाले ओमानलाई दियो १६५ रनको लक्ष्य
काठमाडौं : आईसीसी विश्वकप टी-२० क्रिकेटमा अष्ट्रेलियाले ओमानलाई १ सय ६५ रनको लक्ष्य दिएको छ।
वार्बाडोसस्थित किंग्सटेन ओभलमा टस हारेर ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनायो। अष्ट्रेलियाका लागि ओपनर डेभिड वार्नरले ५६ तथा मार्कस स्टोनिसले ६६ रन बनाए।
वार्नरले ५१ बल खेल्दै चार चौका र १ छक्काको मद्दतमा ५६ रन बनाएर आउट भए। त्यस्तै मार्कस स्टोनिसले ३५ बलमा २ चौका र ६ छक्काको मद्दतमा ६६ रनमा नटआउट रहे।
मिचेल मार्सले १४ रन जोडे। यस्तै ट्रेभिस हेडले १२ रन बनाउँदा टिम डेभिड १० रनमा अविजित रहे। ग्लेन म्याक्सवेल शून्य रनमा पेभिलियन फर्किए।
ओमानका लागि मेहरन खानले २ तथा विलाल खान र कालिमुल्लाहले १/१ विकेट लिए।
ओमानको यो दोस्रो खेल हो भने अष्ट्रेलियाले यो विश्वकपमा पहिलो खेल हो।
Facebook Comments Box
