पाकिस्तान इन्टरनेसनल एयरलाइन्समाथि ईयूकाे प्रतिबन्ध कायम रहने

एजेन्सी ।
युरोपेली सङ्घ ईयूले पाकिस्तान इन्टरनेसनल एयरलाइन्स पिआईएलगायत पाकिस्तानी हवाई कम्पनीहरूमा प्रतिबन्ध कायम राख्ने निर्णय गरेको छ।
हालैको बैठकपछि, ईयूले सङ्घभित्र सञ्चालन हुने प्रतिबन्धित विमान कम्पनीहरूको विद्यमान सूची संशोधन गर्न कुनै बाध्यकारी कारण फेला नपारेकोले अझै पाकिस्तानी विमान कम्पनीमाथिको प्रतिबन्ध कायम राखिएको जनाएको छ।
यो फैसला पाकिस्तान नागरिक उड्डयन प्राधिकरण ९पिसिएए० को स्थल मूल्याङ्कन र पाकिस्तानी विमान कम्पनी फ्लाई जिन्ना र एयरब्लू लिमिटेडको नमूना मूल्याङ्न प्रस्तुत गर्दै ईयू एयर सेफ्टी कमिटीले गरेको विस्तृत मूल्याङ्कनपछि आएको हो।
सन् २०२३ नोभेम्बर २७–३० को बिचमा आयोजित स्थलगत मूल्याङ्कनको सुरक्षा सुनिश्चित गर्न पिसिएएको निरीक्षण भूमिका र जिम्मेवारीहरूको जाँच गरिएको थियो।
ईयूको हवाई सुरक्षा समितिले पाकिस्तानको सुरक्षा अवस्थाको निरन्तर निगरानीको आवश्यकतालाई जोड दिएको छ।
हाल, ईयूले पाकिस्तानी हवाई वाहकमा प्रतिबन्ध कायम राखेको छ, साथै सदस्य राष्ट्रहरूलाई अनुपालन प्रमाणित गर्न निरीक्षण गर्न आग्रह गरेको छ। आयोगले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डहरू कायम राख्ने सर्वोच्च महत्त्वलाई जोड दिँदै आसन्न सुरक्षा जोखिमहरूको कुनै पनि सङ्केतले थप कारबाही गर्न सक्ने चेतावनी दिएको एआरवाई न्यूजले जनाएको छ।