६ बैशाख २०८१, बिहीबार

” मेरोभरौल” -कविता

जहाँ,
छनछन,कलकल बग्दछ,
निर्मल सप्तकोसी,
पोखेर खुशी अटुट।
रामधूनिका शितल हावा बहिदिन्छ,
लाग्दछ दक्षिण-उत्तर जोडदैछ,
लाउनलाई मितेरी बिष्णुपादुकाका
रोमान्चकारी सौन्दर्यहरुसङ्ग!
साटेर मुस्कान्हरु,
भर्छन खुशिका उजेलिहरु,
घामभन्दा न्यानो,
पवनभन्दा सफा प्रीतहरु!!
निस्चल-निर्मल-कन्चन,
उत्तर-पश्चिम् कोकाका लहरहरु।
पार्छ्न मन्त्रमुग्ध
धोएर बेदनाका आशुहरु,
जोड्छन जीवन दर्शन,
पखाली पापपूण्य
मेरै माता बराहा-कौशिका ।।
हराउछु म आफै,
जब एकान्त सन्सार भेट्दछु
चढेर चतराका भञ्ज्याङ्
चौतारिहरु…..
म सक्दिन गर्न वर्णन,
न सक्छु उसका गरेर
सून्दरताका तारिफहरु…!!
जहाँ,
लहलहाउछन झुलेर
धानका बोटबाला,
भरेर हरिया आशाका रङ्गहरु….
त्याहा,
बस्दछन परिश्रमी किसान
साटेर नाता प्रकृतिसङ्ग,
अजर अमर जोडेर सम्बन्ध
धरती रानिसङ्ग।
शिशिर बसन्तदेखि
बैशाख-चैतसम्म,
खेल्दछन लूकामारी
पश्चिम् टप्पुदेखि,
पूर्व बक्लौरीसम्म
हिउँद वर्षा केही नभनी….
यी गोरखे किसानलाई,
न डर छ
साउने बाढी पहिरोको,
गाइ नसकिने बिरङ्गना यिनको ,
कति बहादूर छन
जोख्न सकिन्न सुनको तराजुले,
खोज्छन जित्न आकाश धर्तीलाई..!!
धनकुटा,भेडेटार र बुढासुब्बाको
मनोरम लाली पोखेर,
अनि सङगालेर,
चुरे पहाड रानिका
पहराका निशानि
सिन्दूरहरु नितान्त…

सेउती सर्दु पार्नलाई सितल,
सुम्पिदै असिम मायाहरु
भदौरे गर्मिहरुलाई,
बग्छिन सुनसरी खोला
भेट्नलाई कुशाहा-लौकिही,
कहिले भेल बोकि,
कहिले पवित्र प्यार बोकि,
छन प्राचीन
अन्योन्याशृत सम्बन्ध हाम्रो…।
छिचोली चारकोशे झाडीहरु,
महाभारत पर्वत जस्तै
विशाल मेरो जन्मभूमी,
बनाउछिन् लठ्ठ
देखाएर बार्हमासे रूपहरु…
अनि कसरि भूल्न सक्छु
मेरो जन्मभूमिलाई,
बितेका शैशवकालहरुलाई,
आउछन यादका छादबनि,
मुटुका स्पन्दनभन्दा तिब्र,
पलपल..झलझल
जहाँ जाउ,जता जाउ
झझल्को उनकै…
सम्झन्छु आहा…!
स्वर्गको टुक्राभन्दा प्यारो,
मेरो गाउँ भरौल…!
त्यो मेरो ठाउँ भरौल..!!
-रोमान्टिक राज ।
(२०७२/०७/०४)

धेरै कमेन्ट गरिएका

ताजा उपडेट