१३ बैशाख २०८१, बिहीबार

नेपाली भूमि अतिक्रमण गरि भवन बनाएपछि चीनकाे विरोध

काठमाडौं – चीनले नेपाली भूमि अतिक्रमण गरेर भवन निर्माण गरेको पाइएपछि लुम्बिनी नागरिक समाजले आपत्ति जनाएको छ।

समाजले चिनियाँ हस्तक्षेपविरुद्ध नाराबाजीमा उत्रेर नेपालमा चीनको दादागिरी नचल्ने भन्दै विरोध जनाएको हो ।
समाजका कार्यकर्ताहरूले ‘नेपालको भूमि फिर्ता गर, चिनियाँ विस्तारवाद मुर्दावाद, बुद्दिष्ट र मुस्लिममाथि अत्याचार बन्द गर’ भन्दै नाराबाजी गरेका थिए ।
चीनले हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमाल पारीको गाउँ लिमीको लाप्चा क्षेत्रमा भवन निर्माण गरेको हो ।

नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन बनाउने कार्य अन्तिम चरणमा पुगिसकेको छ । नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले उक्त भवन बनाउने कार्य तीव्र रुपमा भइरहेको जानकारी दिए ।

‘चिनियाँ पक्षको जिम्मेवार अधिकारीसँग आफूले बुझ्न खोजे पनि प्रयास सफल सकेन,’ उनले भने ।
लामाले नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा नौ वटा व्यापारिक प्रयोजनका भवन बनाएको दाबी गरे । हाल भवन निर्माण भएको स्थानभन्दा केही पर डाँडामा १२ नम्बर सीमा स्तम्भ रहेको छ । त्योसँगै ११ नम्बरको सीमा स्तम्भ भने हराएको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट