१३ बैशाख २०८१, बिहीबार

पर्सा जिल्ला को कोभिड-१९ संक्रमण सूचना संयोजक को रुपमा इम्तियाज आलम चयन

नेपाली कांग्रेस कौभिड-१९ अनुगमन समितिको २०७७ भाद्र ८ गते बसेको बैठकको निर्णयानुसार कोभिड-१९ संक्रमणले देशका विभिन्न जिल्लाहरुमा पारेको प्रभाव र वस्तुस्थितिका सम्बन्धमा कॉभिड-१९ अनुगमन समितिलाई नियमित रुपमा सूचना र जानकारी दिन देशका सबै जिल्लाहरुमा कोभिड-१९
संक्रमण सूचना संयोजक तोक्ने निर्णय गरे बमोजिम तपाईलाई पर्सा जिल्लाको सूचना संयोजकमा मनोनयन गरेको छ । सम्बन्धित जिल्लाका नेपाली कांग्रेस जिल्ला कार्यसमितिको समन्वयमा रही कार्य गर्नु होला । कार्यक्षेत्र निम्नानुसार हुनेछ ।
सम्बन्धित जिल्लामा कोभिड-१९ सक्रमणको स्थिति र परिक्षणको अवस्थाको जानकारी लिने ।
आइसोलेसन र क्वारेन्टाइन केन्द्रहरुको सुविधा र मापदण्डको अवस्थाको सम्बन्धमा जानकारी लिने ।
कोरोना संक्रमितहरुको लागि अस्पतालहरुको स्थिति, स्वास्थ्य सामाग्री र चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको व्यवस्थाका सम्बन्धमा जानकारी लिने ।
विभिन्न समयमा भएका र हुन सक्ने लकडाउन र निषेधाज्ञाले पारेको र पार्न सक्ने आधिक-सामाजिक स्थितिको मूल्याडकन र सूचना लिने ।
केन्द्र, प्रदेश र स्थानीय सरकारहरुले कोरोना संक्रमण रोकथाम र उपचारमा गरेको भूमिका तथा राहत लगायत आर्थिक-सामाजिक क्षेत्रमा परेको समस्यालाई न्यून गर्न खेलेको भूमिका सम्बन्धमा
जानकारी लिने ।
कोभिड-१९ सक्रमण रोकथाम र पीडितहरुको सहयोगका लागि पार्टीहरुले खेलेको भूमिका र खासगरी नेपाली काग्रेस पार्टीको बड़ा देखि जिल्ला तहसम्मका निकायहरुले खेलेको भूमिकाका
सम्बन्धमा जानकारी लिने ।
निरन्तर रुपमा सम्वन्धित निकाय, राजनीतिक दल, नागरिक समाज, संघ-सस्था तथा जनस्तरबाट उपयुक्त विषयमा आवश्यक जानकारी लिने ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट