९ असार २०८१, शनिबार

तनहुँमा डुबेर ३ जनाको मृत्यु

तनहुँ : तनहुँमा पौडी खेल्ने क्रममा एक बालकसहित ३ जनाको मृत्यु भएको छ।

बन्दिपुर गाउँपालिका–२ बट्टारस्थित सुले रहमा पौडी खेल्ने क्रममा शनिवार दुई युवकको डुवेर मृत्यु भएको छ।

मृत्यु हुनेहरुमा बन्दिपुर गाउँपालिका–६ तिलारका २० वर्षीय विनोद गुरुङ र बन्दिपुर ५ भाँगेका २० वर्षीय हिरा गुरुङ रहेका छन्।

शनिवारनै व्यास नगरपालिका–३ झोलुंगेपुल नजिकै मादी नदी किनारामा अन्दाजी १३ वर्षीय बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

गर्मी छल्न गाउँका ६ जना युवा मिलेर सो रहमा पौडी खेल्न गएको र अन्यको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।

मादी नदी किनारामा फेला परेका बालकको सनाखत हुन सकेको छैन्।

मृतक तीनै जनाको शव पोष्टमार्टमको लागि दमौली अस्पतालको शवगृहमा राखिएको छ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट