पौडी खेल्दा डुबेर बालकको मृत्यु

सेयर गर्नुहोस

तुलसीपुर : दाङमा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु भएको छ। लमहीस्थित अर्जुनखोलामा पौडी खेल्ने क्रममा डुबेर लमही नगरपालिका-५ आदर्शटोलका वसन्तराज भण्डारीका छोरा १३ वर्षीय विवेक भण्डारीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लका अनुसार लमही नगरपालिका–६ कुलमोहरस्थित अर्जुनखोलामा पौडी खेल्ने क्रममा विवेकको मृत्यु भएको हो। उनी साथीसहित नुहाउन गएका थिए।

सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उनको शश निकालेको थियो । उनको अहिले शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ।

Facebook Comments Box