९ असार २०८१, शनिबार

बागमतीमा संसदीय समितिहरूको नेतृत्व चयनका लागि आज मनोनयन दर्ता, भोलि निर्वाचन

मकवानपुर : बागमती प्रदेशमा संसदीय समितिहरूको नेतृत्व चयनका लागि आज मनोनयन दर्ता हुने भएको छ।

सबै समितिहरुको मनोनयन दर्ता समय दिउँसो ३ बजेदेखि साझ ५ बजेसम्मलाई निर्धारण गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रदेशसभा नियमावली (पहिलो संशोधन) २०७४ को अनुसूची- ३ बमोजिम समितिका कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी सम्बन्धित समिति कै अर्का सदस्यको समर्थनमा मनोनयन प्रस्ताव दर्ता गराउने प्रवक्ता मनोज कुमार गुप्ताले जानकारी दिए।

बिहीबार प्रकाशन भएको मतदाताको अन्तिम नामावलीमाथि दाबी विरोध, उम्मेदवारमाथिको दाबी विरोध, उम्मेदवारको अन्तिम नामावली प्रकाशन र निर्वाचन प्रक्रियाको समय समिति अनुसार फरक(फरक निर्धारण गरिएको गुप्ताले बताए।

सर्वसम्मत रुपमा सभापति चयन गर्ने दलहरुको प्रयास असफल भएपछि नेतृत्व चयन निर्वाचनमार्फत् हुने गरी प्रक्रिया अघि बढेको हो। निर्वाचन कार्यतालिका अनुसार भोलि शनिबार मतदान हुनेछ।

प्रदेश सभामा प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, उद्योग पर्यटन तथा वातावरण समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समिति गरी पाँचवटा विषयगत समिति रहेका छन्। सबै समितिहरुको नेतृत्व चयन निर्वाचनमार्फत् नै हुन लागेको हो।

निर्वाचित समितिका सभापतिहरूको शपथग्रहण कार्यक्रम जेठ ६ गते बिहान १०ः३० बजेलाई निर्धारण गरिएको छ। समिति बैठक हाल ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्दै आएको छ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट