६ जेष्ठ २०८१, आईतवार

पाँच वर्षमा नेपालको अर्थतन्त्र ८० खर्ब पुर्‍याउने लक्ष्य

काठमाडौं ।सरकारले १६ औं अद्यावधिक योजना स्वीकृत गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले १६ औं योजना (२०८१/८२–२०८५/८६) स्वीकृत गरेको हो।

केही महत्वाकांक्षी लक्ष्यसहित अघि सारिएको योजनाले आगामी पाँच वर्षपछि (२०८५/८६) मा नेपालको अर्थतन्त्रको आकार एक खर्ब तीन अर्ब बढीको हुने लक्ष्य निर्धारण गरेको छ।

यो लक्ष्य पूरा हुनक‍ा लागि अहिलेको तुलनामा अर्थतन्त्रको आकार करिब दोब्बर बढ्नु पर्ने हुन्छ। राष्ट्रिय तथ्यांक कार्यालयले चालु वर्षमा ५७ खर्ब चार अर्बको अर्थतन्त्र पुग्ने आकलन निकालेको छ।

यसअघि अर्थतन्त्रको आकार दोब्बरले बढ्न करिब आठ वर्ष लागेको थियो।

आर्थिक वर्ष २०७२ र ७३ मा २६ खर्ब आठ अर्बको अर्थतन्त्र रहेकोमा बिचमा तीन वटा वर्ष लगातार ६ प्रतिशत माथिको आर्थिक वृद्धिदर कायम भएपछि आर्थिक अघिल्लो आर्थिक वर्षमा ५३ खर्ब ८४ अर्बको अर्थतन्त्र पुगेको हो।

सरकारले वर्तमान औसत भन्दा तीन गुणा बढी आर्थिक वृद्धिदर गरेर यो लक्ष्य पूरा गर्ने जनाएको छ। १५ औं अद्यावधिक योजनाको औसत आर्थिक वृद्धिददर २.७ प्रतिशत रहेको छ।

१६ औं योजनामा ७.१ प्रतिशत राखिएको छ। सुरुवाती आर्थिक वर्षमा ६ प्रतिशतको र अन्य चार वर्ष अधिकतम ८.१ प्रतिशतसम्म पुग्ने लक्ष्य १६ औं योजनामा राखेको छ।

१५ औं योजनामा ९.६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखिएको थियो। १६ औं योजनाको मस्यौदामा ८ प्रतिशतको राखिएकोमा केही घटाएर प्राप्ति गर्न सकिने गरी लक्ष्य तोकिएको योजना आयोगका अधिकारीहरूको दाबी छ।

धेरै कमेन्ट गरिएका