२५ मंसिर २०८१, मंगलवार

पर्यटकका गाडीबाट रुट परमिटका नाममा अवैध असुली हटाए पर्यटन व्यवसाय फस्टाउंछ : पुर्व सांसद शाह

कपिलवस्तु , बैशाख ३०। नेपाल घुम्न आउने भारतीय पर्यटकका गाडीमा रुट परमिट हटाए पर्यटन व्यवसाय झन फस्टाउने पुर्व सांसद अभिषेक प्रताप शाहले बताउनुभयाे ।
धार्मिक ,सांस्कृतिक तथा प्रकृतिक स्राेतकाे धनी राष्ट्र नेपाल घुम्न आउने भारतीय पर्यटककाे संख्यामा कमी आउनुकाे एउटा कारण रुट परमिटकाे नाममा लुम्बिनी प्रदेश सरकारकाे उदासिनता र ट्राफिक प्रहरीले लिने पटके कर पनि रहेकाे नेपाली कांग्रेस कपिलवस्तुका युवा नेता एवं पुर्व सांसद अभिषेक प्रताप शाहकाे भनाई छ ।
पुर्व सांसद शाह भन्नुहुन्छ – काेराेनापछि हाेटेल व्यवसायीहरु धरासायी बन्दै गएका छन । कपिलवस्तुकाे कृष्णनगर , मर्यादपुरलगायत देशभरिकै सिमा क्षेत्रका बजार सुक्दै गएकाले व्यापारीहरु सटर बन्द गरिरहेकाे अवस्था छ त्यसमाथि पर्यटन व्यवसायका लागि महत्वपुर्ण स्राेतका रुपमा रहेका भारतीय पर्यटकसंगकाे दुर्व्यवहार , अनावश्यक जरिवाना,पटके लगायतका बिषयमा सरकार गम्भीर नरहेकाेले देशकाे अर्थतन्त्रमा झन असर पार्ने देखिन्छ । भारतबाट नेपाल गर्मीमा जाडाेकाे आनन्द लिन र जाडाेमा हिउँ खेल्न आउने अधिकांश भारतीय नागरिक हुन्छन । साथै नेपालकाे पशुपतिनाथ, स्वर्गद्वारी ,मनकामना , सुपादेउरालि, मुक्तिनाथ , चन्द्रगिरि , जनकपुर, लुम्बिनीलगायतका धार्मिक स्थलमा दर्शन गर्न जाने भारतीय श्रद्धालु नै हुन्छन । सरकारले नेपालभित्रिने छिमेकी देशका पर्यटकका लागि केही दिनसम्म भन्सार अथवा रुटपरमिट निशुल्क गरि एकहप्ते प्याकेज आकर्षक जस्तै याेजना ल्याउनुपर्छ जसले नेपालभित्र एउटा परिवारले लाखौं खर्च गर्छ भने बर्षभरि १५-२० लाख पर्यटकले खर्बाैं पैसा नेपालमा छाेडेर जान्छ त्यसले हाम्रै अर्थतन्त्र मजबुत हुनेछ ।
पुर्वसांसद शाहले सम्भव छ भने भन्सार कार्यालयभित्रै रुट परमिटकाे व्यवस्था गराईदिए नै राम्राे हुन्छ । त्यसपछि ट्राफिक प्रहरी , प्रदेश सरकार लगायतका सराेकारवालाले भारतीय पर्यटकका गाडी निर्वाध रुपमा नेपालभित्र घुम्न, बस्न, किनमेल गर्ने वातावरण सरल बनाई दिनुपर्ने मा जाेड दिएका हुन ।

अधिकांश भारतीय पर्यटकहरु भन्सार शुल्क तिरिसकेपछि निर्वाधरुपले नेपालभित्र घुम्न पाइन्छ , किनमेल गर्न पाइन्छ भनी बुझेका हुन्छन तर रुट परमिट नभएकै कारण पटक पटक जरिवाना तिर्नुपर्ने साथै बार्डरमा घरायसी समानपनि खाेस्ने र तर्साउने चलन बढेकाले पर्यटक र किनमेल गर्ने भारतीय सर्वसाधारणसमेतकाे संख्यामा कमी भईरहेकाे स्थानीय व्यापारीहरु बताउँछन् ।

धेरै कमेन्ट गरिएका