रुट परमिटकाे नाममा भारतीय पर्यटकमाथि ट्राफिक प्रहरीकाे ज्यादती

सेयर गर्नुहोस

कपिलवस्तु , बैशाख २९ । नेपाल घुम्न आउने भारतीय पर्यटकमाथि रुट परमिटकाे नाममा कपिलवस्तु ट्राफिक प्रहरीकाे ज्यादती बढ्दै गएकाे छ ।

जिल्लाकाे कृष्णनगर , साैठाैली नाका हुँदै दिनहुुँ सैयाैं भारतीय पर्यटक आफ्नाे निजिगाडीमा नेपाल घुम्न आउने गरेका छन । भन्सार कार्यालय कृष्णनगरबाट शुक्रबार राति ९ बजे दुई कारकाे ३ दिनसम्मकाे भन्सार शुल्क तिरेर भारत लखनउका विशेष कुमार सिंह र अशुताेष कुमार सिंह आफ्ना परिवारसंगै बुटवल लगायतका ठाउँ घुम्न आएकाे थिए । विशेष कुमार सिंह भन्छन – कृष्णनगरबाट निस्केर गाेरुसिङ्गे पुग्दा बाटाेमा ट्राफिक प्रहरीले गाडी राेकेर रुटपरमिट माग्याे , पहिला हामीले बुझेनाैं त्यसपछि प्रहरीले गाडी कागज , लाइन्सेस राखेर जाउ कि सबैलाई जेलमा हाल्छाैं भन्याे त्यसपछि हामीलाई डर लाग्याे र परिवारसहित जेल बस्नुभन्दा गाडी फर्कनदिन अनुराेध गर्न थाल्यौं । एक जना ट्राफिक प्रहरीले घुम्न जानुस फर्कनुपर्दैन तर जरिवाना तिरेर जानुस भने , हामीले कति साेध्याैं वहांले ३५ सय भारतीय रुपैयाँ लिनुभाे रासिद पनि नदिई गाडी छाेड्नु भयाे । ती भारतीय पिडित भन्छन तीन दिनकाे भन्सार गराएकाे हामी हिजाे गयाैं आजै फर्क्याैं र अब नेपाल नआउने बताए ।

ट्राफिक प्रहरीले भन्सार भएकाे गाडीबाट रुटपरमिटकाे नाममा रकम लिएकाे पहिलाे गुनासाे नभएकाे कृष्णनगर भन्सारका एक एजेन्टले बताएका छन । उनी भन्छन – हामी भन्सार गराएर दिएपछि ट्राफिकले जरिवानाका नाममा रकम असुल्छ त्यसपछि ती भारतीय गाडी वाला फर्केर हामीसंग झगडा गर्छन ।


अधिकांश भारतीय पर्यटकहरु भन्सार शुल्क तिरिसकेपछि निर्वाधरुपले नेपालभित्र घुम्न पाइन्छ भनी बुझेका हुन्छन तर रुट परमिट नभएकै कारण पटक पटक जरिवाना तिर्नुपरेकाे गुनासाे आउने गरेकाले भारतीय पर्यटक आउने संख्या कमी हुने पक्का छ ।
नेपालका हाेटल व्यवसायी लगायत व्यापारहरु धरासायी हुनुमा ट्राफिक प्रहरीले रुटपरमिटका नाममा लिने जरिवाना पनि रहेकाे उधाेग वाणिज्य संग कृष्णनगरका सदस्य अशिस     अग्रवालकाे भनाई छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरिक्षक अनिश भण्डारीले घटनाबारे छानबिन गरि आवश्यक कार्यवाही गर्ने बताउनुभयाे ।

Facebook Comments Box