१ श्रावण २०८१, मंगलवार

बैतडीको पाटनमा भारतको सहयोगमा बन्न लागेको विद्यालय भवन शिलान्यास

बैतडी- बैतडीको पाटन नगरपालिकामा भारत सरकारको आर्थिक सहयोगमा विद्यालय भवनको शिलान्यास गरिएको छ।
पाटन नगरपालिकाका मेयर गौरी सिंह रावल र भारतीय राजदूतावासका प्रथम सचिव अविनाश कुमार सिंहले ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारतको ३ करोड १० लाख आर्थिक सहयोगमा पाटन नगरपालिका–४ मा बन्न लागेको भूमेश्वर माध्यमिक विद्यालयय भवनको शुक्रबार संयुक्त रुपमा शिलान्यास गरे ।

उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक/शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थित थिए ।
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग यस विद्यालयलाई आवश्यक अन्य सुविधासहितको दुई तल्ले विद्यालय भवन ब्लक–ए र ब्लक–सीको निर्माणमा उपयोग गरिनेछ ।

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइने दूतावासले जनाएको छ ।

यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एक महत्वपूर्ण दृष्टान्तको रुपमा रहेको दूतावासको भनाइ छ ।

कार्यक्रममा बोल्दै पाटन नगरपालिकाका मेयरले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुऱ्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट