१ श्रावण २०८१, मंगलवार

विजयनगरमा माेटरसाइकल र ट्रेक्टर ठाेकिँदा एक जनाकाे मृत्युु

विजयनगर, २८ बैशाख

कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६ बद्धाैर हुलाकी सडकमा माेटरसाइकल र ट्याक्टरमा ठाेकिँदा एक जनाकाे मृत्युु भएको छ ।

 

मृत्युु हुनेमा कृष्णनगर नगरपालिका-१ डुमाईका माेटरसाइकल चालक २९ वर्षीय बुफरान खाँ रहेका छन् । भारतीय युपी ५५ एम नम्बरकाे माेटरसाइकल र लु ५ त ७१३ नम्बरकाे ट्याक्टर ठाेकिँदा माेटरसाइल चालक बुफरान खाँकाे मृत्युु भएको हाे ।

 

गम्भीर घाइते भएका खाँकाे उपचारकाे क्रममा चाैराहा अस्पताल बुटवलमा मृत्युु भएकाे पारिवारिक स्राेतले जनाएको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट