६ जेष्ठ २०८१, आईतवार

माधव नेपालको चेतावनी : लुम्बिनी,बागमति र मधेशमा पनि खतराको घण्टी

काठमाडौं,। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सुदुरपश्चिममा मात्र नभई लुम्बिनी,‘ बागमति र मधेश प्रदेश सरकारमा पनि खतराको घण्टी बजेको चेतावनी दिएका छन् । अध्यक्ष नेपालले सुदूरपश्चिमकोजस्तै घटना बागमती, मधेस र लुम्बिनी प्रदेशमा पनि हुन सक्ने बताए।
उनले अब राजनीतिक कोर्ष कसरी अघि बढ्छ भन्ने कुरा सत्ता गठबन्धनका अरू दलहरूले गर्ने व्यवहारमा भर पर्ने बताए ।
नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमति कार्यान्वयन नगरेको बताए। सुदूरपश्चिममा आलोपालो मुख्यमन्त्री अन्तर्गत् सुरूमा समाजवादीलाई दिने सहमति भएकोमा रञ्जिताजीलाई पनि त्यही आश्वासन दिएका तर रञ्जिताले नमानेको बताए । आफ्ना साथीहरूले पनि सकेको गरेको उनले बताए ।

उनले सुदूरपश्चिममा भएको राजनीतिक घटनाक्रममले आफूलाई खुसी लागेको बताए। सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीले नेपाली कांग्रेससहितको गठबन्धनलाई समर्थन गरेको छ।

कांग्रेस र समाजवादीको समर्थनमा सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्। उनी नागरिक उन्मुक्ति पार्टीमा संरक्षक रेशम चौधरी पक्षका हुन्।

उनले संघीय सरकारमा के गर्ने विषयमा अहिल्यै सोचिनसकेको बताए। प्रचण्ड र ओलीले कस्तो व्यवहार गर्नुहुन्छ त्यसमा भर पर्ने भन्दै हामी पर्ख र हेरको अवस्थामा छौं भने ।

धेरै कमेन्ट गरिएका