७ जेष्ठ २०८१, सोमबार

पोखराको सुइखेतमा बस दुर्घटना, ८ जना घाइते

काठमाडौं : काठमाडौंबाट म्याग्दीको दरबाङका लागि छुटेको ग २ ख १६३० नम्बरको यात्रुवाहक बस पोखरा महानगरपालिका–२५ सुइखेतमा दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।

आज बिहान ३ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। बस सडक डिभाइडरमा ठोकिएर दुर्घटना भएको हो।

३१ जना सवार बसमा प्रहरीले उद्धार गरी ८ जना घाइतेलाई उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरामा पठाएको छ।

धेरै कमेन्ट गरिएका