भारतमा गुड्यो पानीमुनि रेल
एजेन्सी ।
भारतमा पहिलोपटक पानीमुनि रेल गुड्न सुरु भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्डरवाटर रेल सेवालाई आज हरियो झन्डा देखाएर शुभारम्भ गरेका हुन्। भारतमा पानीमुनि सुरु भएको यो पहिलो रेल सेवा।
पश्चिम बङ्गालको कोलकोत्तास्थित हुगली नदीभित्र बनेको टनेलमा उक्त रेल गुड्ने भारत सरकारले बताएको छ। १६.६ किलोमिटर लामो उक्त रेल भारतको पहिलो पानी मुनि गुड्ने रेल हो।
रेल सेवाको शुभारम्भ गर्दै प्रधानमन्त्री मोदीले यात्रा पनि गरेका छन्। उनीसँगै विद्यालयका बालबालिका पनि रेलमा यात्रा गरिरहेको सार्वजनिक एक भिडियोमा देख्न सकिन्छ।
Facebook Comments Box
