सशस्त्र प्रहरिद्वारा साढे २४ लाख भारतिय रुपैया बरामद

अंकुश श्रीवास्तव
कृष्णनगर, साउन २८ । कृष्णनगर सिमा क्षेत्रमा शसस्त्र प्रहरी बलले भारतबाट अबैध रुपमा भित्राईएको २४ लाख पचास हजार प्रतिबन्धित भारतिय रुपैयाँ बरामद गरेको छ ।
कृष्णनगर नगरपालिका वडा नम्बर १ को लिंकगेट भन्दा ४ सय मिटर पुर्व चेकपाेष्टमा रहेको शसस्त्र प्रहरी बल राजश्व भंसार सुरक्षा गुल्मको टोलीले आज बिहान लगभग ५ बजे सो रकम बरामद गरेको हो ।
लकडाउनदेखि नै नेपाल-भारत सिमामा शसस्त्र प्रहरी बलको पांच सय मिटरमा ड्युटी रहेको छ । त्यही बिचकाे बाटोमा भारत हुदै झोलामा भिरेर एक व्यक्तिले सेनेटाईजर र औषधीको पोकामा लुकाएर सो रकम ल्याएका थिए । दशगजा भन्दा ५० मिटर भित्र नेपाली भुभागमा गरिएको चेकजाँजका क्रममा शुरुमा ति व्यक्तिले झोला खोलेर सेनेटाईर र औषधी रहेको भन्दै गस्तमिा रहेको शसस्त्रको टोलीलाई झुक्याउन खोजेका थिए ।
तर शसस्त्रको टोलीले शंका लागी झोलामा हेर्न थाले पछि ति व्यक्ती रकमको झोला छोडेर भारत तर्फ फरार भएको शसस्त्र प्रहरी बल नंम्बर ३९ राजश्व भंसार सुरक्षा गुल्म, कृष्णनगरका गुल्मपती शसस्त्र प्रहरी नायब उपरिक्षक शुसिल कुमार शाहीले जानकारी दिए ।
बरामद गरिएको रकममा भारु ५ सय दरका ४९ वटा गड्डी जुन नेपाली रु ३९ लाख २० हजार रहेको शाहीले बताए । बरामद रकम आवश्यक कारवाहीका लागी राजश्व अनुसन्धान कार्यालयमा बुझाईने जनाईएको छ ।