सनिउल्ला धोबी,कपिलवस्तु कार्तिक २८
अवधी पत्रकार संघ नेपालको केन्द्रीय अध्यक्षमा राकेश कुमार मिश्र चयन हुनुभएको छ । नेपालगन्जमा भएको संघको केन्द्रीय कार्यसमितिको प्रथम राष्ट्रिय सम्मेलन तथा महाधिवेशनले मिश्र सहित २३ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मतीले चयन गरेको छ । शनिवार भएको अधिवेशनमा अध्यक्ष पदका लागि आशिष गुप्ता तथा मिश्रले उम्मेदवारी दिएकोमा गुप्ताले स्वइच्छाले आफ्नो नाम फिर्ता लिएपछि मिश्रलाई सर्वसम्मतले अध्यक्षमा चयन गरिएको हो । संघको बरिष्ठ उपाध्यक्षमा बिनय दिक्षित र उपाध्यक्षद्धयमा सनिउल्ला धोवी, ऋषि यादव चयन भएका छन् ।
महासचिवमा यदुराज मिश्र, उपमहासचिवमा गुरुमुरत यादव, सचिवमा रामबिकास चौधरी, दिनेश ठाकुर र लक्ष्मी तिवारी रहेका छन् । कोषाध्यक्षमा शन्ध्या शर्मा निर्विरोध चयन भएको निर्वाचन अधिकृत अधिवक्ता विश्वजीत तिवारीले बताए । संघको सदस्यहरुमा दिलिप कुमार यादव कपिलबस्तु, सतिश शर्मा बाँके, अंकुश श्रीवास्तव कपिलबस्तु, दिपक कुमार गुप्ता, प्रहलाद बिश्वकर्मा, चन्दा सिंह, रुवी साई, अस्फाख जसगढ बाँके, महिला सदस्यमा दुर्गा जयसवाल बर्दिया, मन्जु यादव दाङ रहेका छन् । बिधान अनुसार दुई जना सदस्य मनोनित गर्नुपर्ने भएकाले भरत किशोर बैश्यलाई मनोनयन गरिएको छ भने एक जना सदस्य पछि मनोनित गरिने बताइएको छ । कार्यक्रमको उदघाटन शत्रमा तराई मधेश लोकतान्त्रिक पार्टीका बरिष्ठ उपाध्यक्ष हृदेश त्रिपाठीले मधेशी पत्रकार तथा मिडियाको बिकासका लागि सक्रिय भएर स्वयं पत्रकारहरु लाग्नुपर्ने बताएका छन् । मधेशी पत्रकार तथा मिडियाको बिकास आपेक्षा अनुसार हुन नसकेको बताउँदै नेता त्रिपाठीले राष्ट्रियता र देशभक्ति बारे मीडियाले विचार र बहस गर्नु पर्ने समय
आएको बताए । उनले सरकारले सँधै राष्ट्रियता माथि बहस चलाएपनि देशभक्ति बारे चुप लागेर बस्ने गरेको टिप्पणी गरे । देशभक्तिको प्रशसंगमा कहिँपनि मधेशी जनतापछि नरहेको उल्लेख गर्दै सो विषयमा पनि पत्रकारहरुले खुलेर कुरा गर्नु पर्ने त्रिपाठीले बताए । मधेशी समुदाय, व्यक्ति र धर्म तथा संस्कृतिलाई समेटेर अगाडी मधेशी पत्रकारहरु अघि बढ्न
सक्न्पर्ने सुझाव दिँदै उनले आफु पहिला पत्रकार नै रहेको र अहिलेको पत्रकारिताले ब्यवापक विकास र विस्तारहरु गरेको जिकिर गरे ।
संबिधानमा मधेशी समुदायको कुरा समाबेश नगरिएको दावी गर्दै पूर्व भौतिक तथा यातायात्र मन्त्री समेत रहेका त्रिपाठीले अझै पनि केही कुराहरु सच्याउनका लागि पत्रकारले कलम चलाउनुपर्ने बताए । नेपाल पत्रकार महासंघ बाँकेका संस्थापक अध्यक्ष लियाकत अलिले मधेशमा रहेका सञ्चार संस्थाको बिकासका लागि पत्रकारहरु एकजुट हुनुपर्ने बताए । पत्रकारमा फुट भएका कारण अन्य समुदायका सञ्चारसंस्था अनुसार मधेशी समुदायद्धारा सञ्चालित सञ्चारसंस्थाको दिगोपना हुन नसकेको धारणा राख्दै उनले एकतावद्ध हुन आग्रह गरे ।
3