१२ बैशाख २०८१, बुधबार

गौतम बुद्ध साझेदारीद्वारा झण्डै डेढ लाख विरुवा निशुल्क वितरण शुरु

      अंकुश श्रीवास्तव

कपिलवस्तु-
कपिलवस्तुको गौतम बुद्ध साझेदारी बन व्यवस्थापन समिति उज्ज्वलपुरले विरुवा वितरण सुरु गरेको छ ।
विजयनगर गाउंपालिका र कृष्णनगर नगरपालिकासम्म फैलिएकाे गाैतम बुद्ध साझेदारी बन समितिले विहिवारबाट विभिन्न जातका विरुवाहरु निशुल्क वितरण गर्न शुरु गरेको हो ।

निजि बनहरुलाई प्राेत्साहन गर्न हरेक बर्ष साझेदारी बनले आफै उत्पादन गरी झन्डै एक लाख पचास हजार विरुवा निःशुल्क रुपमा वितरण कार्य सुरु गर्न लागेको समितिका अध्यक्ष जानकी प्रसाद यादवले बताउनुभयाे। विरुवाहरु विजयनगर र कृष्णनगर पालिकाका जनताहरुले अाफ्नाे खेतीयाेग्य नरहेका जग्गाहरुमा निजि बन लगाई प्रत्यक्ष फाइदा लिइ रहेकाे अध्यक्ष यादव बताउछन ।

सगवन ,महुवा, सिरसा,जामुन लगायत विभिन्न जातका विरुवाहरु वितरण कार्य भइरहेको साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष जानकी प्रसाद यादवले जानकारी दिनुभयो ।

अाफ्नै क्षेत्रमा सहज रुपले साझेदारी बनले उपभोक्ताहरुलाई उपलब्ध गराएकोले विरुवा प्राप्त गर्दा लाभग्राहीले खुसी व्यक्त गरेका छन् ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट