२० फाल्गुन २०८०, आईतवार

कोशी र गण्डकी प्रदेशमा आज हिमपात

काठमाडौं : देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। बाँकी भागमा मौसम साधारणतया सफा छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी बागती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

विभागले राति पहाडी भूभागमा साधारणतया बदली रहने जनाएको छ। बाँकी भूभागमा मौसम आंशिक बदली रहनेछ।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बुधबारदेखि भने पश्चिमी वायु केही सक्रिय हुने भएको छ। यसका कारण बुधबार बागमतीसहित पाँचवटा प्रदेशमा वर्षाको सम्भावना छ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट