२० फाल्गुन २०८०, आईतवार

माओवादी केन्द्रले शिवराजमा जनयुद्ध दिवस मनाउने

नेकपा माओवादी केन्द्र शिवराज नगरसमितिले जनयुद्ध दिवसलाई भव्य रुपमा मनाउने निर्णय गरेको छ । फागुन १ गते जनयुद्ध दिवसको अवसरमा नगरका विभिन्न स्थानमा कार्यक्रम आयोजन गर्ने भएको छ । बिहिवार बसेको नगर समितिको वैठकले पार्टीको विधान अधिवेशनको लागि सुझाव लिखित रुपमा पठाउने समेत निर्णय गरेको छ । त्यस्तै नगर समितिका कार्यवाहक अध्यक्ष चिन्ता परियारले दिएको राजिनामा स्वीकृत गरी उपाध्यक्ष सिता बुढाथोकिलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ ।

 

वैठकले प्रकाश पौडेल र चुर बहादुर खड्कालाई उपाध्यक्षमा मनोनित गरेको छ । नगर उपाध्यक्ष सिता बुढाथोकिको अध्यक्षतामा बसेको वैठकले जनयुद्ध दिवस र सहित सहिद सप्ताहलाई विभिन्न कार्यक्रम गरि मनाउने निर्णय गरेको सचिव रविन्द्र बुढाथोकिले बताउनुभयो । वैठकमा नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य तथा नगर इन्चार्ज दिनेश पुन,प्रदेश सदस्य राम विलास यादव,प्रदेश परिषद सदस्य प्रकाश रोकाको उपस्थिती रहेको थियो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट