प्रधानन्यायाधीश श्रेष्ठ भारतमा
काठमाडौं : प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ छिमेकी देश भारत गएका छन्।
भारतका प्रधानन्यायाधीश डाक्टर डीवाई चन्द्रचूडको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानन्यायाधीश श्रेष्ठ शनिबार भारततर्फ प्रस्थान गरेको सर्वोच्चका प्रवक्ता वेदप्रसाद उप्रेतीले जनाकारी दिए।
प्रधानन्यायाधीश श्रेष्ठले भारतीय सर्वोच्च अदालत स्थापनाको ७५औं वाषिर्कोत्सको अवसरमा आयोजना हुने विशेष समारोहभा भाग लिनेछन्।
Facebook Comments Box
