२१ बैशाख २०८१, शुक्रबार

पत्रकार महत्तोमाथि नश्लीय व्यवहारप्रति मधेशी आयाेगकाे ध्यानाकर्षण

पत्रकार राजकरण महत्तोलाई नश्लीय व्यवहार तथा कुटपिट गर्नेलाई तुरन्त कडा कारवाही गर्न प्रहरी प्रधान कार्यालयलाई मधेशी आयोगको पत्र

पत्रकार तथा अन्नपुर्ण दैनिकका वरिष्ट संवाददाता राजकरण महत्तोलाई भैया, मार्सिया, बिहारी जस्ता अपशब्द बोल्दै गाली गलौच तथा कुटपिट गर्ने सुन्दरीमाई यातायातको गाडी चालक र सह-चालक माथि कडा कारवाही गर्न मधेशी आयोगले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ |

माघ ७ गते काठमाडौंको तिनकुने स्थित सडक किनारामा यात्री प्रतीक्षालयमा रोकी राखेको सुन्दरीमाइ यातायातको गाडीको चालक तथा सह-चालकले महत्तोलाई मार्सिया, विहारी जस्ता अपमानजनक शब्द प्रयोग गर्दै कुटपिटको प्रयास समेत गरे पछी पत्रकार महत्तोले आयोगमा कारवाहीको लागि उजुरी दिएका थिए | सो उजुरी दर्ता भएपछी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तको निर्देशनमा आयोगले सो गाडीका चालक तथा सह-चालक लाई यथाशिघ्र नियन्त्रणमा लिएर कडा कारवाही गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ |

आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले यस्ता नश्लीय व्यवहारका घटना बारम्बार दोहरिनुले राज्य र अन्य समुदायको मधेशी समुदाय प्रतिको दृष्टिकोण लाई झल्काएको बताएका छन् | आयोगले बारम्बार यस्ता घटनाका दोषीहरुलाई कडा-कारवाही गर्न सम्बन्धित निकायलाई निर्देशन वा पत्राचार गरेपनि सम्बन्धित निकाय गम्भीर नहुनु दुखद रहेको समेत अध्यक्ष डा.दत्तले बताएका छन् |

धेरै कमेन्ट गरिएका

ताजा उपडेट