राम मन्दिर प्राण प्रतिष्ठाका लागि कपिलवस्तुका आठ पालिकाले दिए सार्वजनिक बिदा

सेयर गर्नुहोस

कपिलवस्तु । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा प्राण प्रतिष्ठा कार्यक्रमका अवसरमा कपिलवस्तुका आठ स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् ।

अयोध्यामा सोमबार दिउँसो नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठा हुँदै गर्दा कपिलवस्तुका आठ स्थानीय तहले सार्वजनिक बिदा दिएका हुन् । सार्वजनिक सूचना जारी गर्दै आठ स्थानीय तहले सार्वजनिक बिदा दिएका हुन् ।

बिदा दिने पालिकाहरुमा कपिलवस्तु नगरपालिका, शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका, महाराजगंज नगरपालिका, मायादेवी गाउँपालिका, शुद्धोधन गाउँपालिका, यशोधरा गाउँपालिका र विजयनगर गाउँपालिका हुन् ।

Facebook Comments Box