२२ बैशाख २०८१, शनिबार

चीनमा उइगुर मुस्लिमलाई यातना विरुद्ध किन बाेल्दैन्न इस्लामिक राष्ट्र ? : मुस्लिम अगुवा पठान

कपिलवस्तु  । चीजले विगतका बर्षमा कट्टरपन्थ हटाउन इस्लाम धर्मावलम्बीलाई शरणार्थी सरह राखेर यातना दिने गरेपनि ५० बढी इस्लामिक राष्ट्रहरु किन नबाेलेकाेप्रति मुस्लिम अगुवा अकरम पठानले गुनासाे गर्नुभएकाे छ ।
चीनमा स्थायी बासाेबास गर्दै आएका इस्लाम धर्मावलम्बी उइगुर मुसलमानलाई विभित्र बहानामा यातना दिदै आएकाे राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपाल का संरक्षकसमेत रहेका अकरम पठानले बताउनुभयाे ।

एउटा कार्यक्रममा बाेल्दा उनले चीन बर्षौंदेखि अस्वीकार गर्दै आएको मानवअधिकार उलांघनकाे आराेप पूर्व चिनियाँ जासूस बनेर हिसल ब्लोअरले सिजियाङ्ग क्षेत्रको हिरासत शिविरमा उइगरहरु विरुद्ध एक व्यवस्थित अभियानको रूपमा वर्णन गरेको तथ्य आन्तराष्ट्रिय मिडियामा प्रकाशन हुँदै आएकाे बताउनुभयाे । उदाहरणका घटनामात्र बाहिरा आउंछन , कतिपय घटना चिनियाँ मिडियालाई देखाउन प्रतिबन्ध गरिएकाे छ ।
कराेडाैं उईगुर मुस्लिम समुदायमाथि हुँदै आएकाे दमन विरुद्ध मुस्लिम देशहरु एकवद्ध भई आवाज नउठाउनु लाजमर्दो छ , उल्टै चीनसंगै व्यापार साझेदारी गरि दमनलाई थप उर्जा दिनु अमानवीय क्रियाकलापलाई बढावा दिनु हाे । पठानले नेपाल सरकारले पनि मानवअधिकार उलंघनका घटनाप्रति ध्यानाकर्षण गराउनु आवश्यक रहेकाे बताए ।

अन्तर्राष्ट्रिय मिडिया सीएनएनले उइघुर मुस्लिम अल्पसंख्यक को बिरुद्ध चीनी सेनाहरु द्वारा प्रयोग गरिएको यातना रणनीति को बारे मा भयानक विवरणबारे चिनियाँ जासुसले प्रस्तुत गरेकाे बताउदै साे अन्तर्वार्ता युरोपमा आयोजित भएको थियो र त्यहां ती जासुस निर्वासनमा रहेकाे तथ्य संचारमाध्यममा व्यापकताका साथ खबर छापिएकाे थियाे ।

एउटा पुरानाे रिपोर्ट अनुसार एक पूर्व चिनियाँ पुलिस अन्वेषकले सीएनएनलाई बताएका थिए, “हामीले उनीहरुलाई राति जबरजस्ती कब्जामा लियाैं।” र भन्यौं “यदि तपाइँ यस क्षेत्रको एक काउन्टीमा सयौं मानिसहरु हुनुहुन्छ भने तपाइँ यी सयौं व्यक्तिहरुलाई गिरफ्तार गर्नुपर्छ।” हामीले उनीहरुलाई लात हान्नुपर्छ, उनीहरुलाई कुटपिट र सुज्नसम्म पिट्नुपर्छ,। उनी भन्छन – उनका सहकर्मीहरु पुलिस हिरासत केन्द्रमा बन्दीहरुलाई सोधपुछ गर्थे।” जबसम्म उनीहरु भुइँमा घुँडा टेकेर रोउँदैनन्। ”
जियाङ्गले भने कि सिनजियाङ्गमा उनको समयमा पुरुष, महिलाहरु, र १४ बर्ष को उमेरका बच्चाहरु सहित हरेक नयाँ कैदीलाई सोधपुछ को प्रक्रिया को दौरानमा आक्रमण गर्थ्याैं ।
यस्ता थुप्रै घटना छन जसले इस्लाम विराेधी चिनियाँ नितिलाई उजागर गर्छ ।
.

धेरै कमेन्ट गरिएका

ताजा उपडेट