६ बैशाख २०८१, बिहीबार

काेराेना संक्रमणकालमा क्षेत्रगत अपडेट दिदै अाएका स्वकीय सचिवमा कोरोना पुष्टि

अासार १६ मा प्रकाशित ..
अंकश श्रीवास्तव/कपिलवस्तु ।
लकडाउनका बेला क्वारेन्टाइन व्यवस्थापनबारे अपडेट दिदै अाएका कपिलवस्तुका एक प्रदेश सांसदका स्वकीय सचिवमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
कपिलवस्तु क्षेत्र ३ (ख) का प्रदेश सांसद विरेन्द्र कानौडियाका स्वकीय सचिवमा कोरोना संक्रमण पुष्टि भएको हो ।
गत जेष्ठ ३२ गते गरिएको स्वाब संकलन मध्ये आइतबार आएको रिपोर्टमा उनमा कोरोना देखिएको हो । अहिले उनी विजयनगर गाउँपालिकाले वडा ७ अवस्थित अायुवेद अस्पतालमा निर्माण गरेको आइसोलेसन सेन्टरमा रहेका छन ।प्रदेश सभा क्षेत्रभित्रकाे क्वारेन्टाइन व्यवस्थापन तथा अाफन्तलाई खाना नास्ता पुराउने बेलामा कहींकतैबाट संक्रमण भएको हुनसक्ने स्वकीय सचिवले बताएका छन l
लकडाउन अवधीमा क्वारेन्टाइन व्यवस्थापन ,राहत वितरण र फाेन मार्फत सांसद कनाेडियालाई क्षेत्रगत अवस्थाबारे अपडेट गराउदै अाएका सचिवकाे पिसिअार रिपोर्ट कोरोना पोजेटिभ देखिए तपनि उनि अहिले स्वस्थ रहेको परिवार स्राेतले जानकारी गराएको छ l
सांसदका स्वकीय सचिव लकडाउन रहेका कारण विगत दुई महीना देखि प्रदेश सांसद कानौडियासंग भेटघाट नभएपनि फाेनबाटै सम्पर्कमा रहेकाे तथा राहत वितरण लगायतका कार्यहरु गर्दै अाएकाे बताएका छन l

धेरै कमेन्ट गरिएका

ताजा उपडेट