आयल निगमका कार्यकारी निर्देशक थानीको राजीनामा स्वीकृत

काठमाडौँ : नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीको राजीनामा स्वीकृत भएको छ।
थानीले हिजो (मंगलवार) बुझाएको राजीनामा आज स्वीकृत गरिएको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले जानकारी दिए। स्वीकृत राजीनामा भोलि दिउँसो ३ बजे बस्ने मन्त्रिपरिषद् बैठकका लागि जानकारीसमेत पठाइएको मन्त्री रिजालले थाहाखबरलाई बताए।
३ वर्षका लागि कार्यकारी निर्देशक नियुक्त भएका थानीले २१ महिनामात्र काम गरेर कार्यकाल सकिनभन्दा १५ महिनाअघि नै आजदेखि लागू हुने गरी राजीनामा दिएका थिए।
Facebook Comments Box