आज बस्ने जसपाको बैठक राष्ट्रिय सभा निर्वाचनमा केन्द्रित हुने

सेयर गर्नुहोस

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक सोमबार बस्दै छ। बैठक बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्न लागेको हो।

बैठक राष्ट्रिय सभाको निर्वाचन र केन्द्रीय समिति बैठकका एजेण्डा लगायत विषयमा केन्द्रित हुने पार्टीका केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

भदौदेखि तीन महिनासम्म सञ्चालन गरेको संगठन विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा पनि बैठकमा हुने बस्नेतले बताए। यो अवधिमा जसपाले पालिका समितिदेखि प्रदेश समितिसम्म पुनर्गठन गरेको छ। मधेशबाहेक सबै प्रदेश समिति पुनर्गठन भएका छन् ।

Facebook Comments Box