राप्रपा नेपालको केन्द्रीय समिति बैठक आज र भोलि
काठमाडौं : राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठक काठमाडौंमा आइतबार शुरु हुँदैछ।
बिहान ११ बजे शुरु हुने बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। यस्तै महामन्त्री राजाराम बर्तौला र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले संगठन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने तय भएको छ ।
पार्टी अध्यक्ष कमल थापाद्वारा प्रस्तुत हुने ‘भ्रष्ट व्यवस्थाको अन्त्य, संवैधानिक राजसंस्था सहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको स्थापना र सुशासनको माध्यमबाट आर्थिक समृद्धिको लागि जनआन्दोलन तथा राष्ट्रिय मोर्चाको निर्माण’ सम्बन्धी राजनीतिक कार्यपत्र शनिबार बसेको कार्यसम्पादन समितिको बैठकले परिमार्जनसहित अनुमोदन गरेको थियो।
केन्द्रीय समिति बैठकपश्चात् मोर्चा निर्माण र आन्दोलनको तयारी बारेमा निर्णय गर्ने महामन्त्री राजाराम बर्तौलाले बताए। बैठक दुई दिन चल्ने छ।
Facebook Comments Box
