२० फाल्गुन २०८०, आईतवार

कोप-२८ मा प्रधानमन्त्री प्रचण्डको भारतीय प्रधानमन्त्री मोदीसँग साइड लाइन वार्ता

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच यूएईको दुबईमा जारी कोप-२८ बैठकमा भेट भएको छ। दुई छिमेकी देशका प्रधानमन्त्रीसँग ५ महिनापछि भेटवार्ता भएको हो।

प्रचण्ड र मोदीबीच दुबईमा भइरहेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी २८औं सम्मेलनमा साइड लाइन वार्ता भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द आचार्यले जानकारी दिए।
प्रचण्डले गत जेठमा भारतको औपचारिक भ्रमण गरेपछि मोदीसँग भेट भएको यो पहिलो पटक हो। साइडलाइन भेटमा भारतीय प्रधानमन्त्री मोदीले कात्तिक १७ मा जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट पुगेको क्षति तथा भारतले गर्नुपर्ने सहयोगका बारेमा चासो राखेका थिए।

उनले नेपाललाई परेको विपतमा छिमेकी साथ रहेको उनले बताएका थिए। दुई नेताका बीचमा दुईपक्षीय हितको बारेमा कुराकानी भएको सचिवालयले जनाएको छ। प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा भएका सहमतिबारे मोदीलाई स्मरण गराएको सचिवालयले जनाएको छ।

त्यस्तै प्रधानमन्त्री प्रचण्ड र क्युबाका राष्ट्रपति मिगेल डिआस-कनेलबीच पनि साइड लाइनमा भेटवार्ता गरेका थिए।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट