२० फाल्गुन २०८०, आईतवार

हमासका ब्रिगेड कमाण्डर र तीन सैनिक नेताको मृत्यु

हमासको सैन्य शाखाले इस्लामिक आन्दोलनविरुद्ध इजरायलले गरेको आक्रमणका क्रममा उत्तरी ब्रिगेडका कमाण्डर अहमद अल–घाण्डोर र अन्य तीन वरिष्ठ नेताको मृत्यु भएको जनाएको छ।

इजेदिन अल–कासम ब्रिगेडले आइतबार विज्ञप्ति जारी गर्दै आफ्नो सैन्य परिषद्का सदस्य घाण्डोर, अयमान सियाम र अन्य एक वरिष्ठ नेताको मृत्यु भएको जनाएको छ।

घाण्डोर हमासका शीर्ष कमाण्डर थिए जसले उत्तरी गाजा ब्रिगेडको नेतृत्व गरेका थिए र उनी यसको सैन्य परिषद्को हिस्सा थिए।

गत हप्ता इजरायली सेनाका एक वरिष्ठ अधिकारीले सेनाले हमासका ‘५० भन्दा बढी’ कमाण्डरलाई मारेको र यसले सैन्य शाखाको क्षमतामा ‘महत्वपूर्ण’ क्षति पुर्‍ याएको बताएका थिए।

घाण्डोर दुई पटकसम्म इजरायली जेलमा कैद जीवन बिताएका थिए भने वर्तमान युद्धको समयमा इजरायली हवाइ आक्रमणमा परी उनले दुई छोरा गुमाएका थिए।

अक्टोबर ७ मा शुरु भएको गाजा युद्ध हमास लडाकूहरूले दक्षिणी इजरायलमा एक्कासी आक्रमण गरेपछि शुरू भएको थियो। यस युद्धमा एक हजार २०० मानिसहरूको मृत्यु भएको थियो, जसमा अधिकांश सर्वसाधारण मानिस थिए। लगभग २४० अन्यलाई खोसेको इजरायली गणनाले देखाएको छ।

गाजाका हमास शासकहरूले हालैको इजरायली आक्रमणमा करिब १५ हजार मानिसहरूको ज्यान लिएको र त्यसमा अधिकांश सर्वसाधारणको मृत्यु भएको बताएका छन्।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट