२२ भाद्र २०८१, शनिबार

अष्ट्रेलियामाथि भारतको लगातार दोस्रो जित

काठमाडौं : घरेलु टोली भारतले टी– २० सिरिज अन्तर्गत दोस्रो खेलमा अष्ट्रेलियामाथि ४४ रनको जित निकालेको छ।

योसँगै पाँच खेलको टी–२० आई सिरिजमा भारतले २–० को अग्रता लिएको छ। जितको लागि २ सय ३६ रनको विशाल विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९१ रन बनायो।

अष्ट्रेलियाका लागि मार्कस स्टोइनिसले सर्वाधिक ४५ रन बनाए। टिम डेविडले ३७ रन बनाए। एक समय ओभरमा ५८ रन बनाउँदा चार विकेट गुमाएको अष्ट्रेलियालाई स्टोइनिस र डेविडले ३८ बलमा ८१ रनको साझेदारी गर्दै जितको सम्भावना देखाएका थिए। डेविड स्पिनर रवि विश्रोईको १४ औं ओभरको तेस्रो बलमा ऋतुराज गायकवाडबाट क्याच आउट भए।

ओपनर स्टिभ स्मिथ र म्याथ्यु सर्टले १९–१९ रन बनाए। पहिलो खेलमा शतक बनाएका जोश इंग्लिस २ र ग्लेन म्याक्सवेल १२ रनमा आउट भए। कप्तान म्याथ्यु वेड ४२ रनमा नट आउट भए।

भारतका स्पिनर रवि विश्रोई र प्रसिद्ध कृष्णाले ३ विकेट लिए। अर्शलीप सिंह, अक्षर पटेल र मुकेश कुमारले एकएक विकेट लिए।

त्यसअघि विशाखापट्नमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ३५ रन बनाएको थियो। भारतको जितमा ओपनर रितुराज गायकवाडले ५८ रन बनाए भने यशस्वी जैसवालले ५३ रन बनाउदै उत्कृष्ट सुरुवात दिलाएका थिए।

ओपनर रितुराज गायकवाड र जैसवालले पहिलो विकेटका लागि ७७ रनमो आक्रामक साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए। जैसवाल नाथन एलिसको बलमा एडम जाम्पाबाट क्याच आउट भए दोस्रो विकेटका लागि रितुराज र इशान किशनले ५८ बलमा ८७ रनको साझेदारी गरेका थिए। इशान किशन ५२ रनमा आउट भए। कप्तान सुर्यकुमार यादव १९ रनमा क्याच आउट भए। रिंकु सिँहले ९ बलमा ४ चौका र २ छक्कासहित ३१ रनमा नट आउट रहे।

अष्ट्रेलियाका नाथन एलिसले ३ विकेट लिए। भारत पहिलो खेलमा २ विकेटले विजयी भएको थियो। अव तेस्रो खेल मंगलबार गुवाहाटी, चौथो खेल शुक्रबार रैपुर र पाँचौं तथा अन्तिम खेल आइतबार बेंगलोरमा हुनेछ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट