१३ बैशाख २०८१, बिहीबार

प्रदेश सांसद कानाेडियाद्वारा २० क्वीन्टल चामल राहत


विजयनगर , जेष्ठ १८ । कांगेसका प्रदेश सांसद कानाेडियाले २० क्वीन्टल चामल विजयनगर गाउंपालिकालाई स्थानान्तरण गरेका छन ।
कपिलवस्तु क्षेत्र ३ का कांग्रेसबाट प्रदेश सांसद विरेन्द्र कुमार कानाेडियाले पार्टीका गाउपालिका सभापति राजेश कुमार उपाध्यायकाे संयाेजकत्व तथा स्वाकिय सचिव अजयमणि त्रिपाठीमार्फत विजयनगर गाउंपालिकाकी उपाध्यक्ष लक्ष्मी चाैधरीलाई स्थानान्तरण गर्नु भएकाे पुर्व गाबिस अध्यक्ष शीतला प्रसाद चाईले बताएका छन।
काेराेना संक्रमण बढीरहेकाले लम्बिदै गरेका लकडाउन गरिब ,विपन्न तथा दैनिक ज्यालादारीका श्रमिकहरुलाई खानाकाे समस्या शुरु भएका कारण गाउंपालिका भित्रका अतिअावश्यक घरपरिवारलाई राहत दिन सहयाेग गरिएकाे रफिक खांकाे भनाई छ। सांसद कानाेडियाले मारवाडि सेवा समिति मार्फत ७० गाउंका पांच सय घरपरिवारलाई राहत वितरण गरेका थिए । भारतबाट नेपालअाउंदै गरेका नेपालीहरुलाई दशगजामा खाना पानीकाे व्यवस्थापनमा पनि सांसद कानाेडियाकाे सहयाेग रहेकाे स्वकिय सचिय अजयमणि त्रिपाठीले जानकारी गराएका छन।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट