१२ बैशाख २०८१, बुधबार

मानपुरका आगलागी पिडित प्रतिघरलाई गाउँपालिकाबाट ५ हजार बराबरको खाद्यान्न सहयोग


जेष्ठ १३ –विजयनगर
कपिलवस्तुको मानपुरका आगलागी पिडित प्रतिघरलाई ५ हजार बराबरको खाद्यान्न उपलब्ध गराएको विजयनगरका गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भएको छ ।
गाउँपालिकाको वडा नं. ७ मानपुरमा आज दिउँसो करिब साढे १ बजेतिर आगलागी हुँदा ९ घरसहित २ गोठ जलेर नष्ट भएको थियो । आजै तत्काल वडा ७ का वडाध्यक्ष दिनेश चौधरी खाद्यान्न वितरण गरेको जानकारी दिनुभएको छ ।
आगलागीबाट लत्ता कपडा, खाद्यान्न, भाँडाकुडा, नगद र गरगहनासहित अन्दाजी २० लाख बराबरको क्षति भएको थियो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट