५ जेष्ठ २०८१, शनिबार

डेढ दर्जन सवारी साधनसहित ६१ लाख बढीको अवैध सामान बरामद

रौतहट । रौतहट स्थित प्रहरीले डेढ दर्जन सवारीसाधन सहित ६१ लाख भन्दा बढीको अवैध भारतीय सामान बरामद गरी भन्सार चलान गरेको छ।

सीमावर्ती भारतीय बजार बाट विभिन्न नाका हुँदै किराना, कपडा, हार्डवेयर, कस्मेटिक लगायत ६१ लाख २७ हजार सात सय ७७ बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दामोदर केसीले बताए ।

तस्करीमा प्रयोग भएको मोटरसाइकल १५ थान, पिकअप गाडी एक थान, टेम्पु एक थान, अटो दुई थान गरी १९ थान सवारीसाधन बरामद गरिएको प्रवक्ता केसीले जानकारी दिए।

पछिल्लो एक महिनाको अवधिमा उक्त अवैध समान बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। हिन्दुहरूको महानपर्व दसैँ, तिहार दीपावली नजिकिएसँगै रौतहटमा भारतीय सामानको तस्करी बढेको छ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट