५ जेष्ठ २०८१, शनिबार

नेपालगन्जको कर्फु बेलुकासम्मलाई हट्यो, निषेधाज्ञा यथावत

नेपालगन्जको कर्फु बेलुकासम्मलाई हट्यो, निषेधाज्ञा यथावत
धार्मिक द्वन्द्वका कारण् तीन दिनदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु आंशिक रुपमा हटाइएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गरी आज बिहान ८ बजेदेखि साँझ ८ बजेसम्मका लागि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु हटाएको छ भने साँझ ८ बजेदेखि भोलि बिहान ६ बजेसम्म भने कर्फ्यु जारी रहने छ ।

जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा भने जारी रहेको जनाएको छ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै ५ जनाभन्दा बढी भेला हुन, जुलुस निकाल्न, भेला बैठक गर्न, पोष्टर पर्चा टाँस्न रोक लगाउँदै निषेधाज्ञा भने जारी राखेको बाँकेका सीडीओ विपीन आचार्यले जानकारी दिए ।

बुधबारको सर्वपक्षीय बैठकमा सामाजिक सदभाव कायम गर्ने सहमति भएपछि आज बिहानदेखि कर्फ्यु खुकुलो पारिएको हो ।फाइल तस्बिर

धेरै कमेन्ट गरिएका

ताजा उपडेट