ल्हासा : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार कैलाश पर्वत र मानसरोवर जाँदै छन्।
प्रधानमन्त्री दाहाल बिहान ल्हासाको गङ्गा विमानस्थल पुग्नेछन् र तिब्बत एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्नेछन्।
नेपाली भ्रमण दलका अन्य सदस्य पनि प्रधानमन्त्रीसँगै कैलाश पर्वत र मानसरोवरको भ्रमणका लागि जाने तय भएको छ।
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बुधबार तिब्बतको ल्हासा आइपुगेका थिए। उनी यहाँ विभिन्न द्विपक्षीय भेटघाटका साथै र निरीक्षण अवलोकनमा व्यस्त रहे।
गत शनिबार अमेरिकाबाट सिधै चीन पुगेका प्रधानमन्त्री दाहाल शनिबार स्वदेश फर्किने कार्यक्रम छ।
3