१२ बैशाख २०८१, बुधबार

कपिलवस्तुमा लकडाउन कडा , पास भएका मात्र गुड्ने

प्रिन्स मिश्रा /कपिलवस्तु ,बैशाख १७ । सरकारले जारी गरेको लक डाउन कपिलवस्तुको बहादुरगंजमा आजदेखि निकै सशक्त बनाईएको छ ।
नेपाल सरकार, गृह मन्त्रालयकाे निर्देशनमा यसरी सवारीसाधन र यात्रुलाई अावागमनमा निकै निगरानी गरिएको छ । निगरानी गर्न इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपाल , इलाका प्रहरी कार्यालय बहादुरगंजका नायब निरिक्षक अभय रावत र ट्राफिक हवलदार सरद केसी सहितको टाेलीले आफै सडकमा खटी ड्युटी गरेका छन । बहादुरगंज क्षेत्रमा लक डाउन झनै कडा बन्दै गएको भन्न सकिन्छ । दैनिक अत्यावश्यक खाद्य प्रयोजनका ढुवानीका मालबाहक गाडीहरु सवारी अनुमतिकाे पास भएकालाई मात्रै जान दिइएको र पास नभएका सवारीसाधनहरुलाई रोकेर केही समयपश्चात् अब उप्रान्त पास बनाएर मात्र गाडी चलाउन सम्बन्धित सवारीसाधन चालकलाई निर्देशन गरिएको थियो । बिना पास चलेका मोटरसाइकल / गाडीलाई नियंत्रणमा लिएर निर्देशन दिइएको र उप्रान्त भेटिएमा जुर्माना काटने इलाका प्रहरी कार्यालय बहादुरगंजका नायब निरिक्षक अभय रावतले जानकारी दिनुभएको छ l

धेरै कमेन्ट गरिएका

ताजा उपडेट