१३ बैशाख २०८१, बिहीबार

लकडाउनमा नीलगाई सिकारी बढ्न थाले


कपिलवस्तु , बैशाख १५ । लकडाउनका बेला जिल्लामा सुरक्षा व्यावस्थालाई चुनाैती दिदै नीलगाई शिकारी गर्ने घटना बढदै गएकाे छ।
कपिलवस्तु जिल्लाकाे कृष्णनगर नगरपालिका वडा ८ लाेहराैलामा दुई माेटरसाइकलमा अाएका शिकारीहरुले एउटा निलगाई मारेकाे भेटिएकाे छ। जालकाे प्रयाेग गरेर नीलगाई लाई मर्ने मान्छेहरु समाउन नसकेपनि लु२प २३ र लु२५ ५२२९ नम्बरका दुई माेटरसाइकल फेला परेकाे इलाका प्रहरी कार्यालयका इन्चार्ज अभय राउतले जानकारी दिनुभएकाे छ। लकडाउनका बेला सुरक्षाकर्मीहरु व्यस्त भएकाे माैका छाेपी निलगाइ शिकारीहरु यस्ता अपराधिक गतिविधि गरेकाे प्रहरि नायब उपरिक्षक सुनिल मल्लले बताउनुभयाे । बैशाख ८ गते पनि जिल्लाको महराजगंज नगरपालिका वार्ड नं ९ जीतपुरमा
एउटा नीलगाई सिकार गर्न खाेज्ने दुई जना शंकास्पदलाई प्रहरि पक्राउ गरेको थियाे। तर अावाश्यक प्रमाण नभेटिएका कारण तिनीहरुलाई छाेडिएकाे थियाे । अर्काेदिन नै त्यही गाउंकाे सिमानामा नीलगाई मृत अवस्थामा भेटिएकाे थियाे ।
काेराेना महामारी सुरक्षाकर्मीलाई लकडाउन पालना गराउन चुनाैती दिएकै थियाे अर्काे तिर नीलगाई सिकार जस्ताे अापराधिक गतिविधि बढ्दै गएकाले सुरक्षा चुनाैती थपिएकाे छ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट