हुलाकी पुग्याे माेबाइल नेटवर्क पुगेन , टावर व्यवस्थापन गर्न स्थानीयकाे अनुराेध

कपिलवस्तु , असाेज २ । राजतन्त्रदेखि ०६४ काे संविधान सभा निर्वाचन हुदै चुनावी मुद्दा रहेकाे हुलाकी सडक पुगिसकेकाे जिल्लाकाे केही पश्चिमी स्थानीय तहमा माेबाइल नेटवर्क पुग्न सकेकाे छैन ।
जिल्लाकाे पश्चिमी स्थानीय तहहरु कृष्णनगर नगरपालिका र विजयनगर गाउंपालिकाका नेपाल-भारत सिमासंग जाेडिएका गाउंहरुमा अहिलेसम्म माेबाइल नेटवर्क पुग्न सकेकाे छैन ।
राष्ट्रिय गाैरवकाे आयाेजना र तराई-मधेशकाे लाइफ लाईन मानिने हुलाकी सडक तथा स्थानीय तहले बनाएका सम्पर्क बाटाे पुगिसकेका दुवै स्थानीय तहका बेदमउ , भगवानपुर, ठकुरापुर , नरायनापुर,भदुईं,डालपुर, नाैरंगिया,मानपुर, ढाेडंरी, गेडुवाजाेत, जवाबैराठ, नेवलागंज ,वनखेत लगायतका दर्जनौं पश्चिमी गाउंहरुमा नेपाल टेलिकम र एनसेलकाे नेटवर्क नपुगेकाले सर्वसाधारणलाई सुचना प्रविधिकाे पहुंच स्थापित हुन सकेकाे छैन ।
कुनै बेला हुलाकी सडक बन्दैन कि भन्ने अडकल रहेपनि संघीय गणतन्त्र व्यवस्था आएपछि मधेशका लाइफ फाइन भित्रि गाउंसम्म पुगेपनि ८० प्रतिशतभन्दामाथिका जनताले प्रयाेग गर्नेे माेबाइल नेटवर्क पुग्न नसक्नु नेतृत्वमाथि पनि प्रश्नचिन्ह खडा गरेकाे स्थानीय संताेष यादवकाे भनाई छ ।
अहिले अधिकांश कामकाजका लागि पनि स्मार्टफाेन नै आवश्यक पर्ने भएकाले नेपाल टेलिकमले यथाशीघ्र टावर स्थापित गर्ने व्यवस्था मिलाउन स्थानिय सर्वसाधारणहरुले अनुराेध गरेका छन ।