२५ मंसिर २०८१, मंगलवार

कृष्णनगर नाकामा बनेकाे स्तनपान कक्ष प्रयाेग विहिन

 

कृष्णनगर , असाेज २ । काेविडका बेला भारतबाट नेपाल भित्रिने अप्रवासी महिलाका लागि नाकामा बनाइएकाे स्तनपान कक्ष अहिले प्रयाेग विहिन बनेकाे छ ।
मुख्य व्यापारिक नाका भन्सार कार्यालय कृष्णनगर हुँदै नेपाल प्रवेश गर्ने महिलाका लागि बच्चालाई दूध खुवाउन आइओएम युएन माइग्रेसन संस्थाद्वारा बनाइएकाे अतिरिक्त स्तनपान कक्ष अहिले प्रयाेग विहिन बनेकाे छ । काेविड १९ संक्रमणका समय नाकामा निर्माण गरिएकाे संक्रमण चेक जाँच केन्द्र मताहतकाे स्तनपान कक्षमा अहिले नेपाल प्रवेश गर्ने महिलाहरु दूध खुवाउनै नमान्ने र अधिकांश चेकजाँच गराई त्यसै जाने गरेकाले प्रयाेगमा नआएकाे केन्द्रका इन्चार्ज दिलिप कुमार चाैधरीले बताउनुभयाे ।
उनले दैनिक लगभग नेपाल प्रवेश गर्ने ढेड सय जनाकाे काेविड १९ ,एचआईभी, टिबी र मलेरिया जस्ता राेगकाे टेस्ट भएपनि आफ्ना बच्चालाई स्तनपान गराउन खाेज्ने महिला नाकाबाट न्यून नै प्रवेश हुने गरेकाे बताए ।

काेविड १९का समयमा युराेपियन युनियनकाे फण्डिङ तथा आइओएम युएन माइग्रेसन र सेभ द चिल्ड्रेन संस्थाकाे सहयाेगमा नेपाल-भारत भन्सार नाकाहरुमा चेकजाँच केन्द्रसंगै स्तनपान कक्ष बनाइएकाे थियाे ।

धेरै कमेन्ट गरिएका